स्तनपानबारे जान्नुपर्ने केही तथ्यहरु

    • मेलिना श्रेष्ठ–अस्पताल नरर्सिङ निरीक्षक

  • २१ श्रावण २०७९, शनिबार

विश्व स्तनपान सप्ताह अगस्ट १–७ सम्म मनाइन्छ । यो सप्ताहले स्तनपानको संरक्षण प्रवद्र्धन र समर्थन गर्न १९९० मा विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा गरिएको Innocenti घोषणाको सम्झना गर्दछ ।

विश्व स्वास्थ्य संगठन (WHO)र संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (UNICEF) ले सन् १९९० मा स्तनपान सप्ताहको स्थापना गरी स्तनपानको प्रवद्र्धन र समर्थन गरेको थियो । UNICEF र WHO का लक्ष्यहरु कार्यान्वयन गर्न सन् १९९१ मा World Association of Breast feeding Action को स्थापना भएको हो ।

सन् १९९२ मा सो अभियानको प्रचारको लागि एक हप्ता समर्पित गरिएको हो । विगतमा यो सप्ताह मनाउन पहल गर्ने ७० देशहरु थिए भने आज सम्म १०० देशले स्तनपान सप्ताह मनाउने गरेका छन् ।

यस वर्षको विश्व स्तनपान सप्ताहको मूल नारा Step up for Brest feeding: Educate and support  रहेको छ । स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ ।

स्तनपानबारे जान्नुपर्ने केही तथ्यहरु:
– नवजात शिशुलाई जन्मिएको १ घण्टाभित्र आमाको दुध खुवाउनुपर्छ
-विगौती दूधले शिशुको लागि पहिलो खोपको जस्तै काम गर्दछ ।
– यसले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ ।
– नवजात शिशुलाई जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ ।
-आमाको दूधमा शिशुलाई चाहिने पौष्टिक तत्वहरु पाइन्छ ।
– शिशु ६ महिना पुरा भएपछि पुरक खानाको साथ आमाको दूध २ वर्षसम्म खुवाउनुपर्छ ।

बालबालिकाको लागि स्तनपानको महत्वः
– आमाको दूध अमृत समान हो । यसमा बालबालिकालाई चाहिने सम्पूर्ण पौष्टिक तत्व र पानी पर्याप्त मात्रामा पाइन्छ ।
-यसले झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी रोगहरुसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ ।
– आमाको दूधमा रहेको प्रतिरोधात्मक तत्वले शिशुलाई एलर्जीविरुद्ध समेत रक्षा गर्दछ ।

आमाको लागि स्तनपानको महत्व:
-शिशु जन्मिने बित्तिकै स्तनपान गराउनाले आमाको पाठेघर खुम्चन मद्दत गर्दछ र पाठेघरबाट हुने रक्तस्रावको खतरालाई घटाउँछ ।
-शिशुलाई पटक पटक र आवश्यकताअनुसार दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम गर्दछ ।
-आमाको दूध जुनसुकैबेला खुवाउन सकिन्छ । यो कम खर्चिलो हुन्छ ।
–  स्तनपान गराउनाले महिलालाई हुने स्तन र पाठेघरको क्यान्सरको खतरालाई घटाउँछ ।
-स्तनपानले आमा र बच्चाबीचको माया ममता बढाउँछ ।

  • २१ श्रावण २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech