नेपालगन्जः एमाले सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुले एउटै प्रकृतिको काम भए पनि प्राप्त गर्ने सेवा सुविधामा विभेद भएको भन्दै स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसँग माग गर्नुभयो ।