नेपालगन्जका चार फार्मेसीलाई निलम्वनको कारवाही

    • स्वास्थ्य पेज

  • २ असार २०७९, बिहीबार

नेपालगन्जः नेपालगन्जका चार फार्मेसी निलम्वनमा परेका छन् । औषधि व्यवस्था विभाग नेपालगन्जले चार फार्मेसीलाई निलम्वनको कारवाही गरेको हो ।

जेठ महिनाभरी गरिएको अनुगमनमा जेम फार्मेसी, नजत फार्मेसी, सारीका मेडिकल हल र बिक्रम फार्मेसीलाई निलम्वनको कारवाही गरिएको विभागका फार्मेसी अधिकृत दिपेन्द्र कुमार साहले जानकारी दिनुभयो ।

जेम फार्मेसी २८ दिन, नजत फार्मेसी १० दिन, सारीका मेडिकल हल ७ दिन र बिक्रम फार्मेसी १० दिन निलम्वनमा परेको साहले बताउनुभयो । जेठ महिनामा कारवाहीमा परेका उनीहरुको निलम्वन भने फुकुवा भइसकेको छ ।

अनुगमनका क्रममा फार्मेसीहरु दर्ता नभएको, औषधि सञ्चय गरी बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेको विभागका फार्मेसी अधिकृत साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कागजी प्रक्रिया पुरा हुन बाँकी थप फार्मेसीलाई पनि कारबाही गर्ने तयारी छ। विभागले चैत्र, वैशाख र जेष्ठ महिनामा बाँके, सुर्खेत , प्युठान , रोल्पा , दाङ जिल्लाहरुको अनुगमन गरेको थियो।

 

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech