बरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युव बेवि विशेषज्ञ डा नुतन शर्मा केयर सिटि अस्पताल नेपालगन्जमा

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७९, बिहीबार

नेपालगन्जः सन्तान नहुँदाको समस्याले पिरोलिइरहेका विवाहिता जोडी नेपालमा थुप्रै छन् निसन्तान वा बाँझोपनको यो समस्या आइपरेकाहरुले महिलालाई दोषी देखाउने प्रवृत्ति छ।

तर,चिकित्साविज्ञानले बाँझोपन वा निसन्तान हुनुको दोषी महिला मात्र नहुने पुष्टि गरेको छ।महिला वा पुरुष दुवैमा यो समस्या देखिनसक्ने र जोडीमध्ये एकजनामा यो समस्या भएमा सन्तान नहुने विज्ञानले पुष्टि गरेको हो।

निसन्तापनको समस्या र तनावसँग जुधिरहेका दम्पतीको तनावमुक्त गर्न बरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युव बेवि विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मा नेपालगन्जमै आउने हुनुभएको छ ।

थुप्रै त्यस्ता निसन्तानको समस्या र तनावसँग जुधिरहेका दम्पतीलाई सन्तान दिलाउन सफल उहाँ यही बैशाख ६ र ७ गते नेपालगन्ज आउन लाग्नु भएको हो ।

नर्भिक अस्पताल काठमाडौंमा कार्यतर डा शर्माले नेपालगन्ज कारकाँदोस्थित केयर सिटि हस्पिटलमा बसेर यसक्षेत्रका निसन्तान वा बाँझोपनको यो समस्यासँग जुधिरहेका दम्पतीलाई सेवा दिनुहुने अस्पतालले जनाएको छ ।

कारकाँदोस्थित केयर सिटिमा डा शर्माले निसन्तान वा बाँझोपन सम्बन्धी समस्या, आइभिएफ तथा टेस्ट ट्यु्व बेवि, पाठेघर तथा स्तन क्यान्सर, थाइराइड तथा महिलामा देखिने विभिन्न खाले समस्याबारे चेकजाँच, उपचार तथा परामर्श दिनु हुने अस्पतालले जनाएको छ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech