आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आजदेखि चितवनमा सुरु

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७९, शुक्रबार

नेपालगन्जः आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आजदेखि चितवनमा सुरु भएको छ। नेपाल औषधि उत्पादक संघले एक्स्पो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एक्स्पो ११ गतेसम्म चल्नेछ।

नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुयाउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उदेश्यले एक्स्पोको आयोजना गरिएको हो।

एक्स्पोमा १६० स्टल रहनेछन। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिनेछन।

यस पटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधीको विस्तार गर्ने अभियानमा केन्द्रित हुने संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले जानकारी दिनुभयो ।

यसअघि फागुनमा हुने भनिएको एक्सपो कोभिड १९ को संक्रमणको जोखिमका कारण स्थगित भएको थियो।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech