गर्भावस्थामा लगाइने कोरोनाविरुद्धको खोपले गर्भपात हुन्छ ?

    • स्वास्थ्य पेज

  • ८ माघ २०७८, शनिबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप गर्भवती भएको पहिलो तीन महिनापछि दिन सकिने बताएको छ।

गर्भवती भएकाहरुले खोप लगाउन मिल्ने वा नमिल्ने भन्ने जिज्ञासामा मन्त्रालयले पहिलो तीन महिनापछि ढुक्क भएर लगाउन अनुरोध गरेको हो।

मन्त्रालयले खोपले गर्भपात हुने, कमतौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत भएको बताउँदै खोपको यी कुरासँग कुनै सम्बन्ध नभएको प्रष्ट पारेको हो। उसले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउनसमेत अनुरोध गरेको छ।

यस्तै मन्त्रालयले स्तनपान गराइरहेकी महिलाले पनि खोप लगाउन मिल्ने बताएको छ। खोपले आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ।

 

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech