घोराहीः दाङमा यही वैशाख १७ गतेदेखि ‘लकडाउन’ हुने भएको छ ।
मंगलबार बसेको जिल्ला संकट व्यस्थापन केन्द्र (डीसीएमसी)को बैठकले वैशाख १७ देखि २५ गते साँझ ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै यस्तो निर्णय लिइएको हो । दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।