बागमती प्रदेशद्धारा विद्यालय नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

नेपालगन्ज २७, पुष ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले ११९ स्थानीय तहका सामुदायीक माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरेको हो।

छनौट प्रक्रियामा १२७१ जनाले आवेदन दिएका थिए। जसमध्ये लिखित परीक्षामा १०४५ जना सहभागी भएका थिए।

परीक्षामा ६०४ जना उत्तीर्ण भएका थिए। लिखितमा नाम निकाल्न सफल मध्ये लिइएको अन्तर्वार्तापछि मन्त्रालयले अन्तिम नामावली सार्वजनिक गरेको हो।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech