डोल्पाको जगदुल्लामा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा

    • स्वास्थ्य पेज

  • २६ पुष २०७७, आईतवार

डोल्पा २६, पुष ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन गरिएको छ। बढ्दो कोरोना भाइरसबाट संक्रमितको उपचार गर्न गाउँपालिकामा ५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो ।

जुम्ला र जाजरकोटसँग सीमा जोडिएको जगदुल्ला गाउँपालिकामा पछिल्लो समय कोरोना भित्रन सक्ने भन्दै पूवै तयारी स्वरुप अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार जिल्ला सदरमुकाममा कोरोना दैनिक बढि रहेकोले आफनो गाउँपालिका क्षेत्रमा पनि संक्रमण हुन सक्ने देखिएकोले पूर्व तयारी थालिएको बताउनुभयो ।

गाउँपालिकाका ५ बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा समेत आएको छ । गाउँपालिकाकाले सार्वजानिक सुचना जारी गर्दै गाउँपालिकाबाट सदरमुकाम र छिमेकी जिल्लामा जादा अनिवार्य सिफारिस लिनुपर्ने र भित्र प्रवेश गर्दा पीसीआर गरेको हुनुपर्ने समेत उल्लेख गरेको छ । यदी पीसीआर बिना नै गाउँपालिकामा प्रबेश गरे १० दिन तोकेको क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सबै सजक रहन आग्रह गरेको छ ।

 

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech