फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।

परीक्षाका लागि डिप्लोमा इन फार्मेसीमा १ हजार १३५ जना र ब्याचलर इन फार्मेसीमा ५७६ जनाले फारम भरेका थिए। परीक्षामा अनुत्तीर्ण हुने अधिकांशजसो नयाँभन्दा पनि पुराना विद्यार्थीहरु रहेको परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले बताउनुभयो ।

परीक्षाको नतिजाले विद्यार्थीको पढाई र फार्मेसी शिक्षाको स्तर र गुणस्तर माथि प्रश्न उठेको उहाँको भनाइ छ ।

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभीटी) यो विषयमा गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो।

 

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech