यस्ता लक्षण देखिए बाँझोपन हुन सक्छ !

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

महिलाहरुमा बाँझोपनको कारण धेरै समस्याहरु निम्त्याउँछ। प्रजनन क्षमतामा कमी हुनुको कारणले दापत्तीहरुले बच्चा पाउन सकिरहेका हुँदैनन्। विज्ञहरुका अनुसार महिलाहरुमा बाँझोपन हुनुको धेरै कारणहरु हुन्छन्, जस्तौ ओव्यूलेशन डिसअर्डर, फेलोपियन ट्युबमा क्षति हुनु, एडोमेट्रियोसिस, युटेरस वा सर्विक्ससंग जोडिएको समस्या।

स्त्रीरोग विशेषज्ञहरुको अनुसार यदि यस्ता लक्षणहरुको समयमै उपचार गर्न सके बाँझोपन ठिक गर्न सकिन्छ।

कस्ता लक्षणहरुले बाँझोपन निम्त्याउँछ?

१-एडोमेट्रियोसिस

कुनै महिलालाई महिनावारी हुँदा हल्का दुख्ने हुन्छ भने कतिपयलाई दुख्दैन। तर कतिपय महिलाहरुलाई महिनावारी हुँदा एकदमै पेट दुख्ने समस्या हुन्छ। योसंगै कतिको महिनावारी धेरै लामो समयसम्म पनि चलिरहन्छ।

एंडोमेट्रियोसिस यस्तो समस्या हो, जसमा पाठेघर भित्र पाउने टिश्यु ठूलो भएर गर्भासयको बाहिर फैलन थाल्दछ। यो अंडाशय, फेलोपियन ट्युब वा युटेरसको बाहिरको भागहरुमा पनि फैलन सक्छ।

एंडोमेट्रियोसिस भएकाहरुलाई महिनावारी हुँदा भेस्सरी पेट दुख्ने गर्दछ। यसका लक्षणः अनियमित महिनावारी, क्रोनिक पैल्विकको दुखाई, दिसापिसाव गर्दा, सेक्स गर्दा दुख्ने, थकाईलाग्ने, ढाँड दुख्ने गर्दछ।

२-महिनावारीमा समयमा नहुनुः

महिनावारी समयमा नहुनु पनि बाँझोपनको कारण हुन सक्छ। अनियमित महिनावारीका कारण ओव्यूलेशन नियमित हुँदैन। पोलिसिस्टिक ओवेरियन सिंड्रम, मोटोपन, कम वजन, थाइराईडको समस्याका कारण बाझोपन हुन सक्छ।

३- हर्मोनको समस्याः

हर्मोनको उतरचढाबको कारण शरीरमा विभिन्न लक्षणहरु देखिन थाल्दछ। यसमा यौन सम्पर्क गर्ने इच्छाका कमी आउने, हात खुट्टा चिसो हुने, निप्पल डिस्चार्ज, अनुहारका रौंहरु बढ्ने, टाउकोको कपाल झर्ने वा पातलो हुँदै जाने, तौल घट्ने वा बड्ने जस्ता देखिन्छ। यस्तो लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ।

४- यौन सम्पर्क गर्दा दुख्नेः

यौन सम्पर्क गर्दा दुख्ने समस्या भए महिलाहरुको प्रजनन क्षमतामा प्रभाव पर्न सक्छ। इन्फेक्सन, एंडोमेट्रियोसिस जस्ता कारणले यौन सम्पर्क गर्दा दुख्न सक्छ।

५-महिनावारी हुदाँ बग्ने रगतको रंगः

महिनावारीको शुरुमा बग्नेरगत चम्कीलो रोतो रंगको हुन्छ। त्यसपछि केही दिनमा गाढा हुँदै जान्छ। तर महिनावारीको शुरुपाती दिनमै गाढा रंग देखिन थाले बाँझोपनको संकेत हुन सक्छ।

६-मोटोपनः

मोटोपना भएका महिलाहरुमा गर्भधारण हुने सम्भावना कम हुन्छ भने अन्य महिलाको तुलनामा प्रेग्नेंसीमा समस्या हुन सक्छ।

७-अन्य समस्याः

पिओएस, समय भन्दा पहिले मेनोपोज हुने, क्यान्सर, ओभरीज वा फेलोपियन ट्युबको क्षतिका कारण बाँझोपन निम्त्याउन सक्छ। हिस्टेरोसाल्पिंगोग्राफी, एंडोमेट्रियल बायोप्सी, लैप्रोस्कोपी, हार्मोन चेकअप गरेर बाँझोपनको कारण पत्ता लगाउन सकिन्छ। यस्तो भए पनि अन्य उपायहरुबाट उपचार गराउन सकिन्छ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech