भेरी अस्पतालमा डायलाइसिस सेवा र प्रभावकारिता

    • डा पारश श्रेष्ठ

  • १७ श्रावण २०७८, आईतवार

डायलाइसिस रगत शुद्धीकरण गर्ने एक कृत्रिम विधि हो । डायलाइसिस प्रक्रिया त्यो बेला अपनाउने गरिन्छ जुन बेला कुनै पनि मासिसको मृगौलाले ठिकसँग काम गर्दैन् । तर मधुमेहका रोगी, मृगौला रोगी, उच्च रक्तचाप भएको रोगीको लागि बढी प्रयोगमा आउने गर्छ । यी सम्पूर्ण कुराहरुलाई मध्येनजर गरेर भेरी अस्पतालले विस २०७४ पुस १२ गते डायलाइसिस विभागको स्थापना गरको थियो । जसअन्तरगत स्वास्थ्य मन्त्रालयले ४ वटा मेसिन र २ वटा मेसिन अस्पताल विकास समितिले उपलब्ध गराएको थियो ।

सुरुको समयमा डायलाइसिस सम्बन्धि सेवा प्रवाह गर्र्न धेरै चनौतीपूर्ण थियो । स्थापनाकालिन समय देखि अहिले सम्म करिब ४–५ सय जनाको डायलाइसिस गरि सकेका छौं ।  बिरामीहरुको लागि गुणस्तरीय सेवा प्रवाह गर्नु र अस्पतालको सम्पूर्ण जनशक्तिप्रतिको विश्वास उच्च राख्नको लागि डायलाइसिस विभागले विहान ८ बजे देखि साँझ ८ बजे आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ । बाँकेमा सरकारी अस्पतालको रुपमा रहेको भरी अस्पतालमा मात्रै डायलाइसिस सेवा छ । यहाँ बाँकेसहित बर्दिया, कैलाली, सुर्खेत, दैलेख, अछाम र दाङ लगायतका जिल्लाहरुबाट बिरामीहरु आउने गरेका छन् ।

भेरी अस्पतालमा इमरजेन्सी डायलाइसिस सेवा रहेकोले सिकिस्त बिरामीहरुको लागि इमरजेन्सी डायलाइसिस सेवा प्रदान गर्ने गरिएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसले बाँके जिल्ला पनि अछुतो रहन सकेन् । जसका कारण भेरी अस्पतालको अन्य सेवा प्रभावित भए । डायलाइसिस सेवा पनि प्रभावित भयो । तर इमरजेन्सी सेवा भने रोकिएन् । यसरी सेवा प्रदान गर्ने क्रममा डायलाइसिस विभागमा खटिएका केही कर्मचारी कोभिड–१९ बाट संक्रमित हुनुभयो । उपचारमै संलग्न कर्मचारीमा भाइरस संक्रमण देखिएपछि सेवा प्रवाहमा केही जटिलता देखिएकै हो । तर पनि कर्मचारीहरुले बिरामीको अवस्था हरेर डायलाइसिस सेवा प्रदान गर्नुभएको छ । अवस्था गम्भीर भएका बिरामी डायलाइसिस सेवाबाट बञ्चित हुनु परेन् ।

बिरामीको चाप हेर्दा डायलाइसिस विभागमा मौजुदा जनशक्तिलाई सहज सेवा प्रवाह गर्न गाह्रो छ । सीमित स्रोतसाधन र जनशक्तिका बाबजुत पनि सेवालाई प्रभावकारी गराउने काम हाम्रो तर्फबाट भइरहेको छ । तथापि त्यो अझै प्रभावकारी छैन् । अस्पतालमा आएका बिरामीले गुणस्तरीय सेवा सेवा उपलब्ध गराउन नसकेको गुनासो सुनाउँछन् । प्रभावकारी डायलाइसिस मेसिनको अभाव, मेसिन चलाउने दक्ष जनशक्तिको अभावले बिरामीहरु बाध्य भएर छिमेकी राष्ट्र भारतमा गएर उपचार गर्नुपर्ने अवस्था छ । हाम्रो क्षमता, दक्षता, उपलब्ध स्रोतसाधनले भ्याएसम्म सेवा प्रवाहमा कुनै कसर बाँकी राखेको छैनौं ।

              (डा पारश, भेरी अस्पतालका डायलाइसिस विभाग प्रमुख हुन्)

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech