लाशहरुको शहरबाट …!!

    • बसन्त कुमार उपाध्याय

  • २८ बैशाख २०७८, मंगलवार

रहिये अब ऐसी जगह चलकर जहां कोई न हो

हम-सुखन कोई न हो और हमजुबां कोई न हो ।

-मिर्ज़ा असद-उल्लाह बेग ख़ां फारसी भाषाका महान शायरले भनेका थिए । जो गालिबका नामले सुप्रसिद्ध छन् । मृत्यु अँझै बाँकी छन बाँकेमा । बाँकेमा मात्रै होईन संसारभरी नै हो । ‘मृत्यु’ यो कुनै नौलो विषय भने होईन । प्राकृतिक मृत्युसँग असहमति रहनै सक्दैन । अस्पताल नपाएर,अस्पताल पुगेर बेड नपाएर,अक्सिजन नपाएर……………यस्ता मृत्यु देख्दा कम्जोर बनाईदिन्छ मानिसलाई ।

सोमबार धनगढीबाट मेडीकल कलेज कोहलपुरमा पुगेकी रत्नादेवि खनिया भेन्टिलेटरको पर्खाईमा मृत्युसँग हार खानुभयो । आमाको मुख हेर्ने दिन एउटा छोराले आमा गुमायो । यस्ता कैयौं घट्ना छन । नेपालगन्ज शहरमा दैनिक लाशहरु निस्कन्छन अनि शहरियाहरु मौन बस्नुपर्छ !!

म राप्ति नदि किनारको डिलमा बसेर पारीका लाशहरु गिन्ति गर्दैछु । हुन त राप्ति नदी किनारमा बर्षौंदेखि कतिका शव जले कतिका शव जल्नेछन तर आजकाल जलिरहेका शवको संख्या अलि बढ्ता मात्रै हो,शवहरु निरन्तर घाटमा आउँदैछन । शवको लर्को छ मलामी गन्न कठिन छैन,कठिन छ त शवको ब्यवस्थापनमा । लाग्छ शवहरुको उमगं बर्षामा मलामीका अनुहारका रंगहरु देख्न सक्छौं ।

हेरौं हजुर मृत्युलाई नजिकबाट । जस्ले कोभिडको बरकरार दूरीबाट दूर यी जलिरहेका चिता हेर्दै हुनुहुन्छ । एंगल बदलेर हेरौं । लाशको ईन्जिनियरिङ्ग गरेर हेरौं । रज्यले आईशोमेट्रिक भ्युमा हेरोस वा अब्लिक भ्युमा यी लाश नै हुन जो पञ्चतत्वमा विलिन हुने यात्रामा निस्केकाछन् ।

यी लाश बोकेका भरियाहरु अर्थात हाम्रो चलनचल्तिको भाषामा भनिने मलामीहरु कतिबेला स्वयं लाश हुने हुन केही ग्यारेन्टि छैन ।

कौन कहता है कि मौत आई तो मर जाऊँगा

मैं तो दरिया हूँ समुंदर में उतर जाऊँगा ।

-अहमद नदीम क़ासमीका शेर हुन यी । अन्तमा घाट पुग्नै छ मानिसलाई । अनि के जित्नु छ के हार्नु छ जीन्दगी । मृत्युसँग जित्ने कसैको ताकत छैन यहाँ । आसपासमा समुन्द्र त छैनन तर समुन्द्र पुग्ने सहायक नदि छन् । यिनै नदी चिताका हितैसी हुन ।

सास्वत शत्य भनेकै जन्म र मृत्यु हो । अरु बाँकी ईह लिला न हुन ।

ज़िंदगी से तो ख़ैर शिकवा था

मुद्दतों मौत ने भी तरसाया ।

-नरेश कुमार शादले लेखेका यी ह्रफहरुले जीन्दगी र मृत्यु देखिको फासलालाई झकझोरेर राखिदिन्छन । मानिसको जीन्दगीमा अक्सर गुणासाहरु रहन्छन । मृत्युसँगको भयलाई हामी यतिबेला सहन सकिरहेका छैनौं । जीवन र मरणलाई प्राकृतिक रुपमा लिन सकिरहेका छैनौं ।

Death is nothing at all.

It does not count.

I have only slipped away into the next room.

Nothing has happened.

Henry Scott-Holland ले लेखेका कविताले मृत्युसँग पटक पटक साक्षात गराउँछ । जस्ले जन्मायो उसैको शवलाई छुन नपाईने,जस्लाई जन्मायो उस्को लाशलाई बोक्नै नपाईने । यतिबेला नदि किनारहरुमा जलिरहेका लाशहरुले मृत्युपर्यन्तका सम्बन्धहरुलाई गिज्याईरहेका महशुस हुन्छन् । सम्प्रदाय,धर्म,परम्परा,रितिरिवाज…………आदी ईत्यादीले बाँधिएर चितामा शयन लाशहरु एक अर्कासँग फेरी नफर्कने कुराको पक्कापक्कि गर्दै रहेका झैं लाग्छ । आजलाई लाशहरुको शहर अनि त्यसमा पनि राप्तिकिनारबाट विदा चाहन्छु ।

ॐ असतो मा सद्गमय।

तमसो मा ज्योतिर्गमय।

मृत्योर्मामृतं गमय ॥

ॐ शान्ति शान्ति शान्तिः ॥

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech