थप तीन जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कजेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा पुनर्बास-३ कंचनपुरका ६१ वर्षिय पुरुष, आर्मी अस्पतालमा भर्ना भएका बासगढी बर्दियाका ४२ वर्षिया महिला र आर्मि अस्पतालमै भर्ना भएका ठाकुरबाबा नगरपालिका-३ बर्दियाका ४५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका उपचारका लागि आएका १५१ जनाको मृत्यु भईसकेको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech