कर्णालीमा ८३ हजारबढीको पीसीआर

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७७, शनिबार

सुर्खेत १, कात्तिक ।
कर्णाली प्रदेशमा हालसम्म ८३ हजार भन्दा बढीमा पीसीआर परीक्षण गरिएको छ । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आरटी पिसिआर बिधिबाट ८३ हजार ६६ जनाको स्वाब परीक्षण गरिएको हो ।

जसमध्ये ४ हजार ९ सय २५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ भने ३ हजार ६ सय ७८ जना कोरोना निको भई घर फर्किसकेका छन् । प्रतिशतका आधारमा ७४ दशमलव ७ प्रतिशतले कोरोना जितिसकेका छन् ।

हालसम्म कर्णालीमा १२ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । यो कुल संक्रमित संख्याको ० दशमलव २ प्रतिशत हो । हाल प्रदेश भर कोरोनाका १ हजार २ सय ३५ संक्रिय सक्रमित छन् । उनीहरुको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech