लुम्बिनी प्रदेशका मन्त्री चौधरीलाई पनि कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७७, शनिबार

बुटवल १, कात्तिक ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री चौधरीसहित मन्त्रीका डाइभर र भान्से समेतलाई कोरोना संक्रमण देखिएको हो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरी, उहाँकी धर्मपत्नी, सचिवालयका पिएसओलाई पनि कोरोना संक्रमण देखिएको छ । प्रदेश सभाका सभामुख, उपसभामुख सहित प्रदेश सरकारका आन्तरिक मामीला मन्त्री कुल प्रसाद केसीलाई कोरोना देखिए पछि उहाँहरुको पनि स्वाव परिक्षण गरिएको थियो । बुधबारदेखि निरन्तर रुघा लागेपछि उहाँले बिहीबार पीसीआर परिक्षण गराउनुभएको थियो । मन्त्री चौधरीको स्वास्थ्य अवस्था सामान्य छ । अन्यमा भने कुनै लक्षण छैन ।

संक्रमित सबै भैरहवास्थित मन्त्री निवासको आइसोलेसनमा रहेको मन्त्री चौधरीले बताउनुभयो । असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो । सो बैठकमा नाम र स्थायी राजधानीका बारेमा नाराबाजी समेत भएको थियो । त्यसयता मन्त्री, प्रदेश सभा सदस्य र कर्मचारीमा कोरोना संक्रमण देखिने क्रम बढेको छ ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech