शुक्रबार सुदूरपश्चिममा ७७ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

धनगढी ३०,असोज । 

सुदूरपश्चिम प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल , डडेल्धुरा र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ४२ सहित ४६ जना , डडेल्धुरा अस्पतालमा ९ जना र शुक्रबार नै बझाङ अस्पतालको प्रयोगशालामा १७ जना र कमलबजारको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै अब प्रदेशभर १ हजार २ सय ९२ जना सक्रिय संक्रमतिहरु रहेका छन् ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech