काठमाडौ २९,असोज ।
औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट उहालाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
यसअघि महानिर्देशक रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको जिम्मेवारी दिइएको छ। विभागको महानिर्देशकको जिम्मेवारी पाउनुभएका भट्टराईको दुई महिना अघि एघारौँ तहमा बढुवा भएको थियो।