प्रदेश पाँचमा अहिलेसम्मकै धेरै संक्रमित फेला

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

बुटवल २९, असोज ।
प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको कोभिड १९ सम्वन्धी मिडिया व्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले ३ सय ८८ जनामा भाइरस संक्रमण देखिएको जानकारी दिनुभयोे ।

विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ठूलो संख्यामा संक्रमित फेला परेको भन्दै थप सजगता अपनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । विहीबार रुपन्देहिमा १ सय २९, प्यूठानमा ५२, दाङमा ४५, बाँकेमा ४४, नवलपरासी पश्चिममा ३१ जनामा भाइरस देखिएको छ ।

यस्तै गुल्मीमा १५, कपिलबस्तुमा १२, पाल्पामा ९ र अर्घाखाँचीमा १ जनामा भाइरस देखिएको छ । योसँगै प्रदेशमा संक्रमितको कूल संख्या १४ हजार ४ सय ९८ पुगेको छ । यसमा संक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९४ जना रहेका छन् । विहीबार ३ सय ११ जना डिस्चार्ज भएसँगै प्रदेशमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार ६ सय ५१ पुगेको छ । अहिलेसम्म प्रदेशमा भाइरस संक्रमणबाट १ सय १४ जनाले ज्यान गुमाइसकेका छन् ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech