आड्रा नेपालले दियो ६ सय थान भिटिएम र २ सय थान डिजिटल थर्मामिटर

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २९, असोज ।
आड्रा नेपालले ६ सय थान भिटिएम र २ सय थान डिजिटल थर्मामिटर प्रदान गरेको छ । आड्राले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई उक्त स्वास्थ्य सामाग्री निःशूल्क प्रदान गरेको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भिटिएमले पीसीआर परीक्षणमा सघाउ पुर्याउने छ भने डिजिटल थर्मामिटरले आइसोलेसनमा बसेका विरामीहरुको ज्वरो मापनमा सघाउ पुर्याउने छ । फोकलपर्सन श्रेष्ठले भन्नुभयो–‘आड्रा नेपालको सहयोगले थोरै भएपनि भिटिएम अभावलाई सहजता थपेको छ भने आइसोलेसन सेन्टर र अस्पतालमा बसिरहेकाहरुको ज्वरो नाप्न थर्मामिटर उपयोगी हुने छ ।’

केन्द्रलाई संघसंस्था तथा नीजिस्तरबाट स्वास्थ्य सामाग्रीको सहयोग प्राप्त भइरहेको छ । यसले कोरोना रोकथाम, व्यवस्थापन र उपचारमा समेत सहयोग पुर्याइरहेको श्रेष्ठले बताउनुभयो ।

 

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech