लुम्बिनी प्रदेश लोक सेवा आयोगले स्वास्थ्यतर्फ कर्मचारी माग्यो

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

बुुटवल २८, असोज ।

स्थापनापछि पहिलो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्यतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ ।आयोगले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जना कर्मचारी माग गरेको हो ।

आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सूर्यप्रसाद भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि राखिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले दोब्बर दस्तुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech