फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०७७, मंगलवार

काठमाडौ २७, असोज ।
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगल तथा युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई मंगलबार संक्रमण  पुष्टि भएको पोर्चुगल फुटबल महासंघले जनाएको छ ।

उनलाई कुनै लक्षण नदेखिएको र उनी आइसोलेसनमा रहेको महासंघले जानकारी दिएको छ । उनले अब स्वीडेनविरुद्धको खेल गुमाउने भएका छन् ।

पोर्चुगलले नेसनस लिग अन्तर्गत समूह सीको चौथो खेल घरेलु मैदानमा बुधबार राति खेल्ने छ ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech