५११० प्रहरीमा कोरोना संक्रमण, ३१५४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०७७, मंगलवार

काठमाडौं २७, असोज ।
नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय १० पुगेको छ । तीमध्ये अहिलेपनि १ हजार ९ सय ५६ जना उपचाररत छन् । ३ हजार १ सय ५४ जना भने डिस्चार्ज भइसकेका छन् ।

तथ्याङ्‍कअनुसार प्रहरी प्रधान कार्यालयमै ३ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा ११८ जना, प्रदेश २ मा ८७ जना, वाग्मती प्रदेशमा १५८ जना, गण्डकी प्रदेशमा १९५ जना, लुम्बीनी प्रदेशमा १९१ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech