बर्दियामा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

बर्दिया २५, असोज ।
बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या ८ सय नाघेको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बर्दियामा १२ हजार ५५३ जनाको पीसीआर परिक्षण गर्दा संक्रमितको संख्या ८ सय १८ पुगेको हो ।

संक्रमितमध्ये ६ सय ११ जना निको भएका छन् । बर्दियामा हाल १ सय ७० जना सक्रिय संक्रमित छन् । संक्रमितको संख्या बढ्दै गएपछि उपचारमा चुनौती बढेको बर्दिया अस्पतालले जनाएको छ । हालसम्म कोरोनाबाट पाँचजनाको मृत्यु भएको छ। स्वाब नमुनामध्ये २ सय जनाको रिपोर्ट आउन बाँकी छ । पछिल्लो पटक बर्दियामा भाइरस संक्रमण ह्वात्तै फैलिएको छ ।

बर्दियामा ५० भन्दा बढी प्रहरी, २० भन्दा बढी स्वास्थ्यकर्मी, १५ भन्दा बढी व्यापारी र बाँकी अन्य व्यक्तिमा संक्रमण देखिएको गिरीले बताउनुभयो । अहिलेसम्म सबैभन्दा धेरै बाँसगढी नगरपालिकामा २ सय १४ जना, गुलरिया नगरपालिकामा १ सय ४४ जना र मधुवन नगरपालिकामा १ सय १२ जनामा संक्रमण देखिएको छ।

वैदेशिक रोजगारीबाट आउनेहरुको चहलपहल बढेसँगै संक्रमण फैलिने दर पनि बढेको स्वास्थ्य कार्यालयका प्रमुख गिरीको भनाइ छ । लकडाउनका सुरुमा देश बाहिरबाट आउनेहरु स्थानीय तहका क्वारेन्टिनमा १४ दिन बसेरमात्र घर जाने गरेका थिए । तर हिजोआज सोझै घरजाने गरेका कारण चुनौती बढेको हो ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech