होम टु हस्पिटल कार्यक्रमले गर्भवतिलाई सहजता

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

कैलाली २६, असोज ।
कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९४ सुत्केरीले सेवा लिएका छन्। होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको हो ।

यसअघि त्यहाँका गर्भवतिलाइ प्रसूति व्यथाले च्यापेपछि एम्वुलेन्स नपाएर रिक्सा र सार्वजनिक सवारी साधानमा अस्पताल पुर्याउने गरिएको थियो । कोही त अस्पताल नपुग्दै बाटैमा सुत्केरी समेत हुने गरेका थिए । बाटोमा पाएको पीडा सुनेर पनि कतिपय घरमै सुत्केरी हुने गरेका थिए । जस्का कारण मातृ तथा शिशु मृत्युदर बढ्न थालेपछि नगरपालिकाले नयाँ जुक्ती लगायो होम टु हस्पिटल अर्थात घरदेखि अस्पताल कार्यक्रम । यही कार्यक्रम अन्तर्गत अस्पतालले दुई बर्ष अघि एम्वुलेन्स खरिद गरयो । सुत्केरी व्यथाले च्यापे एम्वुलेन्स घरसम्म पुग्छ । अस्पताल पुर्याउँछ । त्यो पनि निशुल्क ।

२०७५ माघ १७ गतेदेखि शुरु भएको होम टु हस्पिटल कार्यक्रमबाट अहिलेसम्म ९४ जना महिलाले सेवा लिएको नगरपालिकासँग तथ्याङ्क छ । नगरपालिकामा गर्भवतीलाई सुत्केरी हुन अस्पताल आउन सजिलो होस् भन्नका लागि नगरपालिकाले होम टु हस्पिटल कार्यक्रम सञ्चालन गरेको हो। यस कार्यक्रमअन्र्तगत व्यथा लागेका गर्भवतीलाई घरदेखि अस्पतालसम्म निःशुल्क रुपमा पु¥याउने गरिन्छ। होम टु हस्पिटल कार्यक्रम शुरु भएका कारण टीकापुरमा कुनै पनि सुत्केरीले ज्यान गुमाउन नपरेको संयोजक रावतले बताउनुभयो। नौ वडा रहेको सो नगरपालिकामा ९८ हजार ६५१ जनसङ्ख्या छ। एउटा एम्बुलेन्समार्फत सबै वडाका गर्भवतीलाई सेवा दिइएको छ ।

नगरपालिकाले एम्बुलेन्स सन्चालनको जिम्मा भने नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखालाई दिएको छ । नगरपालिकाका विभिन्न ठाउँबाट गर्भवतीलाई टीकापुर अस्पतालमा पुर्याए बापत एम्बुलेन्सलाई नगरपालिकाले आठ लिटर इन्धन दिने गरेको छ । एम्बुलेन्स मर्मत, व्यवस्थापन तथा चालकको पारिश्रमिकको व्यवस्था भने रेडक्रसले गर्दै आएको छ । गर्भवती महिला लक्षित यो कार्यक्रमको सिको अन्य पालिकाले पनि गर्न थालेका छन्।

 

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech