राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्षमा प्राडा क्षेत्री (अरु के केमा को को नियुक्त भए ?)

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

काठमाडौं २५, असोज ।
सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले मन्त्रिपरिषद्को शुक्रबार भएको बैठकले क्षेत्रीलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिक केन्द्र विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्ष पदम डा वशिष्ट प्रसाद रिजाल नियुक्त हुनुभएको छ । यस्तै सिंहदरवार वैद्यखानाको अध्यक्ष पदमा डा बाबुराजा अमात्य, औषधि परामर्श परिषदमा प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाल नियुक्त हुनुभएको छ ।

सरकारले औषधि परामर्श परिषदमा तीन जना सदस्य नियुक्त गरेको छ। प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाल नियुक्त हुनुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । परिषदका सदस्यको अवधि तीन वर्षको हुने छ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech