रोटरी क्लवले दियो भेरीलाई पीसीआर मेसिन

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

नेपालगन्ज २५, असोज ।
रोटरी क्लव अफ नेपालगन्जले भेरी अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ बाट प्राप्त उक्त पीसीआर मेसिन आइतवार एक कार्यक्रमको आयोजनागरी रोटरी क्लव नेपालगन्जले भेरी अस्पताललाई उपलब्ध गराएको क्लवका अध्यक्ष डा विनोद कर्णले जानकारी दिनुभयो ।

डिष्ट्रिक गर्भनर डा राजिव पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु डा प्रकाश थापालाई पीसीआर मेसिन हस्तान्तरण गर्नुभएको हो । क्लवका अध्यक्ष कर्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रोटरी क्लवले पीसीआर मेसिन अस्पताललाई प्रदान गरेकोमा धन्यवाद दिनुभयो । उहाँले परीक्षणका दायरा बढाउन पीसीआर मेसिन प्रभाकारी हुने धारणा व्यक्त गर्नुभयो ।

अस्पतालका मेसु डा प्रकाश थापाले पीसीआर मेसिन थपिएपछि भाइरस परीक्षणका लागि सहजता मिल्ने बताउनुभयो । एक्सट्रयाक्शन मेसिन जडानपछि पीसीआर मेसिनको जरुरी थियो उहाँले भन्नुभयो–‘रोटरी क्लवले त्यो पूरा गरेको छ म धन्यवाद दिन चाहान्छु ।’ अव भेरीमा दुईवटा पीसीआर मेसिनले भाइरस परीक्षण गर्ने छन् ।

डिष्ट्रिक गर्भनर डा राजिव पोख्रेलले करिव १० लाख रुपैयाँ लागतको पीसीआर मेसिन रोटरीको नेपालगन्ज च्याप्टरमार्फत भेरीलाई उपलब्ध गराएको जानकारी दिनुभयो । यहाँले कोभिड महामारीमा रोटरीले पनि मानविय कार्यमा सहयोग पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोभिड विशेष अस्पतालका संयोजक डा श्यामसुन्दर यादव, रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा रेवन्त भट्टराईलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech