२४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिए, १४ जनाको निधन, १ हजार २२९ डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४, असोज ।

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो । बाँकेमा मृत्यु भएका दुईजनाको विवरण भने मन्त्रालयले आजको विवरणमा समेटेको छैन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech