पुरानै कपडाले दशैं ममाउन सरकारको आग्रह

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

काठमाडौं २३, असोज ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले भिडभाडमा गएर दशैंका किनमेल नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले दशैंमा भिडभाडमा सपिंङ नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले घरमा भएका पुरान लुगा लगाएर यसपालीको दशैं मनाउन सुझाव दिनुभएको छ । सरकारले कोरोना महामारीका कारण यो दशैंमा जो जहाँ छ त्यहीँ बसेर मनाउन आग्रह गर्दै आएको छ।

पछिल्लो समयको लकडाउन खुलेपछि घनाबस्ती भएका काठमाडौं लगायतका शहरहरुमा तीब्र रुपमा संक्रमित थपिएका छन्। हाल नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech