डा केसीको समर्थनमा बाँकेमा पनि आन्दोलनको घोषणा

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २२, असोज ।
सत्याग्राही डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई दवाव दिन बाँकेमा पनि आन्दोलनका कार्यक्रम तय भएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको अगुवाइमा विहीबार नेपालगन्जमा बसेको बैठकले स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउनेदेखि रिले अनशनसम्मका कार्यक्रम तय भएका हुन् ।

भोली शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने र बेलुका पाँच बजे वीपी चोकमा दबाब कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ । शनिवार विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी नागरिक समाजको तर्फबाट रिले अनशन गरिने निर्णय भएको आन्दोलनको नेतृत्व गर्नुभएका विश्वजित तिवारीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा केसी २४ दिन देखि अनशनरत् हुनुहुन्छ । सरकारले केसीको मागका बिषयमा छलफल गर्न वार्ता टोली बनाइसकेको छ । पहिलो दिन सरकार र केसीका प्रतिनिधिबीच विहीबार भएको बार्ता सकारात्मक भएको वार्ता टोलीका सदस्यहरुले बताएका छन् । यद्यपी निष्कर्ष भने निस्कन सकेको छैन् ।

 

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech