कोरोना संक्रमणबाट जनप्रतिनिधिको निधन

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

बुटवल २२, असोज ।
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक जनाजनप्रतिनिधिको निधन भएको छ ।

सिद्धार्थनगर नगरपालिका—५ का ४७ वर्षीय वडा सदस्य इन्जिनियर सुबोध तुलाचनको बुधबार राति उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा निधन भएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएपछि उहाँ घरमै आइसोलेसनमा बस्नुभएको थियो ।

गत असोज १४ गते एक्कासी बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । रेमडिसिभिर र प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि सफल हुन नसकेको केसीले बताउनुभयो ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech