सरकार र डा केसीको वार्ता सुरु, केसीको अनशन आजै तोडिएला त ?

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

काठमाडौं २२, असोज ।

सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।

शिक्षा मन्त्रालयका तर्फबाट बार्तामा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा सहभागी हुनुभएको छ भने डा केसीका तर्फबाट डा जीवन क्षेत्री, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओम प्रकाश अर्याल सहभागी हुनुभएको छ ।

चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राखेर डा केसीले जुम्लाबाट थालेको १९ औं अनशनको आज २५ दिन पुगेको छ ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech