बाँकेमा कोरोना जित्नेको संख्या १७ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २२, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १७ सय नाघेको छ । विहीबार २९ जना डिस्चार्ज भएसँगै संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ९ पुगेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

विहीबार डिस्चार्ज हुनेमा १६ जना होमआईसोलेसनमा बसेका थिए । बाँकेमा संक्रमितको संख्या अहिलेसम्म २ हजार २ सय ३८ पुगेको छ ।
संस्थागत र होमआइसोलनमा ५०७ जना बसिरहेका छन् ।

बाहिरी जिल्लाको १८ जना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् । भाइरस संक्रमणबाट बाँकेमा २१ जनाले ज्यान गुमाएका फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech