लुम्बिनी प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७७, बुधबार

बुटवल २१, असोज ।

कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप तीनजनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्तालले जनाएको छ ।

भाइरस संक्रमणबाट नवलपरासी सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिकाकी ५५ वर्षीया महिला र दाङ राप्ती गाउँपालिका- ८ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

नवलपरासीको सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुषको बुधबार बिहान १२ः५० बजे उपचारका क्रममा मृत्यु भएको हो। उनलाई १६ गते अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। उनलाई मधुमेह, दम र उच्च रक्तचापको समस्या पनि थियो।

यस्तै, बुटवल उपमहानगरकी ५५ वर्षीया महिलाको बुधबार बिहान ५ः ३० बजे मृत्यु भएको हो। उनलाई १७ गते अस्पताल भर्ना गरिएको थियो।

यसैगरी,
यसैगरी, दाङको राप्ती गाउँपालिका-८ की ७१ वर्षीया महिलाको मंगलबार साँझ ६ः ३० बजे मृत्यु भएको हो। उनलाई पनि १७ गते अस्पताल भर्ना गरिएको थियो।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech