यस वर्षको दशैंको आशिर्वाद फोनबाटै लिन सरकारको आग्रह

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

काठमाडौं १९, असोज ।
सरकारले यस वर्षको दशैंको आशिर्वाद फोनबाटै लिन आग्रह गरेको छ। चाडबाडको समयमा हिँडडुल गर्दा संक्रमण बढ्ने भएकाले अनलाइनबाटै सबै काम गर्न सवास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गर्नुभयो ।

सकभर घरैमा बनाएको स्वास्थ्यकर खाना मात्र खाने आफ्नै घरका परिवार मात्रै बसी चाडबाड मनाउने। घरमै पूजाआजा गर्ने र फोनबाटै आशिर्वाद लिने गरौं डा गौतमले भन्नुभएको छ ।

सोमवारको नियमित प्रेस ब्रिफिङमा उहाँले दशैंको बेला शहरबाट गाउँ र गाउँबाट शहर नगर्न आग्रह गर्नुभयो। उहाँले कोरोना कोशेलिका रुपमा आफ्ना आफन्तलाई नदिन आग्रह गर्नुभएको छ ।

आशीर्वाद लिन गाउँबाट शहर र शहरबाट गाउँ गर्दा कोरोना पनि सँगै कोशेलीको रुपमा बोकी आफू र आफ्नो र आफ्नो परिवारको जीवन जोखिममा पर्ने भएकाले यसप्रति सचेत हुन जरुरी छ उहाँले भन्नुभयो । गौतमले चाडबाड आएसँगै बजारमा भिडभाड बढेको उल्लेख गर्दै संक्रमणबाट बच्न जीवनशैली बदल्न आग्रह गर्नुभएको छ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech