साझा पार्टीको प्रश्न-सरकारले डाक्टर केसीको ज्यान लिन खोजेको हो ?

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

काठमाडौं १९, असोज ।
सरकारले अनशनरत डा गोविन्द केसीको ज्यान लिन खोजेको भन्दै साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साझाले विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा पनि सरकारले कुनै तत्परता नदेखाएको भन्दै तत्काल माग सम्बोधन गरेर जीवनरक्षा गरिदिन आग्रह गरेको छ ।

सहप्रवक्ता शरदराज पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले १९ औँ अनशनमा राखेका कुन चाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्‍यो । होइन भने विश्वमै बिरलै भेटिने डा केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्‍यो ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्रै डा केसी ६ पटक अनशन बसिसक्नुभएको छ । यो पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा पनि वार्ता टोलीसम्म गठन नगरेको साझाले जनाएको छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech