अनशनरत प्रा.डा केसीको स्वास्थ्य अवस्था विग्रिदै

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

काठमाडौं १९, असोज ।
२२ दिनदेखि अनशनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उहाँलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्न चिकित्सक डा सुवास आचार्यले बताउनुभयो । उहाँका अनुसार डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उहाँलाई अक्सिजन दिन थालिएको छ।

उहाँको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भन्न नसकिने डा आचार्यले बताउनुभयो ।  तर डा केसी भने आफ्ना माग पूरा नभएसम्म कुनै पनि उपचार नलिने अडान राख्दै आउनुभएको छ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech