बाँकेमा आज ४८ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

नेपालगन्ज १९, असोज ।

बाँकेमा सोमवार थप ४८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ५० पुगेको बाँकेको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो हिसावले हेर्दा बाँकेमा विरामी निको हुने दर ८०.४९ प्रतिशत रहेको छ ।

अब आइसोलेसनमा ३ सय ८० जना छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि हुँदा २१जनाको भने मृत्युु भइसकेको छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech