सुर्खेतको माया नर्सिङ अस्पताल एकहप्ता बन्द

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

सुर्खेत १८, असोज ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको माया नर्सिङ होम प्रालि आजदेखि बन्द भएको छ । अस्पतालका केही स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएकाले आकास्मिकसहितका सबै सेवा सातदिनका लागि बन्द गरिएको अस्पतालका प्रबन्ध निर्देशक विष्णु बहादुर खड्काले जानकारी दिनुभयो ।

अस्पतालले एक सूचना जारी गर्दै भनेको छ–‘सुर्खेतमा कार्यरत केही स्वास्थ्यकर्मीहरुमा पीसीआर परीक्षण गर्दा अस्पतालका स्टाफहरुमा पनि भाइरस संक्रमण देखिएकाले सेवा लिन आउने सेवाग्राहीहरुलाई भाइरस संक्रमणको जोखिम नहोस् भनेर आकास्मिकसहितका सबै सेवा हप्तादिनका लागि बन्द गरिएको छ ।’

अस्पतालले असोज २४ गते शनिवारसम्म अस्पतालबाट हुने सबै सेवा बन्द हुने भएकाले यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै भाइरस संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।

 

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech