सुदूरपश्चिममा थप ७५ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

धनगढी १७, असोज ।

सुदूरपश्चिमका थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४७ जनाको कोरोना परीक्षण गरिएकोमा १९ महिला र ५३ पुरुष गरी ७२ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै डडेल्धुरामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा ६४ जनाको कोरोना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले अमरगढी नगरपालिका वडा नम्बर ८ का एक जना र धनुषा घर भएर डडेल्धुरामा बस्दै आएका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ७ सय ६२ पुगेको छ भने ६ हजार दुई सय बढिले कोरोना जितेका छन्।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech