भेरी अस्पतालमा कोरोना संक्रमित २५ बर्षीया युवतीको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज १६, असोज ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत् कोरोना भाइरस संक्रमित युवतीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका -९ बाँकेगाउँ बस्ने २५ बर्षीया दीपा स्वाँर योगीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल स्थायी घर भएकी दीपा नेपालगन्जमा डेरा लिएर बस्दै आउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिनुभएको थियो । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उहाँ त्यसैदिन अस्पताल भर्ना हुनुभएको थियो ।

दीपाका भिनाजु सागर रानाले स्वास्थ्य पेजलाई दिएको जानकारी अनुसार, उहाँ नेपालगन्जमा मेडिकल सेक्टरमा काम गर्दै आउनुभएको थियो ।  उहाँलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । उहाँको शुक्रबार पौने पाँच मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech