अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले केहीबेर अघि ट्वीट गर्दै आफू र श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

यसअघि उहाँले आफ्ना एक निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा बसेको बताउनुभएको थियो । उहाँका ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताउनुभएको थियो ।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयरफोर्स वानमा उहाँसँगै हुनुहुन्थ्यो। मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा अझ नजिक देखिनुभएको थियो । बिहीबार राति ट्रम्पले ट्विटरमा हिक्सलाई कोरोना भएको उल्लेख गर्नुभएको थियो ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech