कोरोना संक्रमणबाट नेपालगन्जका बरिष्ठ चिकित्सकको निधन

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १५, असोज ।

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको  मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जका बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा हरि सापकोटाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उहाँको आज दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा प्रकाश थापाले पुष्टि गर्नुभएको छ ।

दरबन्दी भेरीमै भएपनि हाल उहाँ प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । सुरुमा उहाँलाई त्यही उपचार गरिएको थियो ।

तर अवस्था सुधार नभएपछि असोज १ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उहाँलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।

‘हरसम्भव प्रयास गर्दापनि बचाउन सकिएन मेसु थापाले भन्नुभयो–‘एउटा होनहार चिकित्सक गुमाउनु पर्दा निकै दुखी भएका छौं ।’

उहाँ लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech