कोरोनाबाट नेपालगन्जका पुरुष र सुर्खेतकी महिलाको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १५, असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहीबार उपचाररत् कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका-८ का ७५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज-४ का ५२ बर्षीय पुरुषले असोज १० गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । १२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनलाई रेमडिसिभिर औषधि समेत दिइएको थियो । उनको विहीबार विहान साढे पाँच बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो ।

त्यस्तै लडेर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएको थियो । असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा विहान १ बजे मृत्यु भएको हो । उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । भने बाहिरी जिल्लाबाट आइ भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech