तोकेको भन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने ८ अस्पताल र ल्याबलाई परीक्षण अनुमति खारेजको चेतावनी

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं १४, असोज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको भन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने ८ अस्पताल र ल्याबलाई परीक्षण अनुमति खारेजको चेतावनी दिएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखाले बढी शुल्क लिने ल्यावबारे मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार यस्तो निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ह्याम्स अस्पताल, मेटिसिटि अस्पताल, स्टार अस्पताल, बिएण्डबी अस्पताल, सूर्या ल्याव, डिकोर ल्याव, सिडिएल ल्याव र इन्टीपेर ल्यावलगायतले बढी शुल्क लिएकोले २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एक पटकलाई चेतावनी दिने र २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको छ।’

सरकारले भदौ २८ गते सबै सरकारी र निजी प्रयोगशालालाई पीसीआर शुल्क २ हजार तोकिएकोले त्यो भन्दा बढी शुल्क लिने गरेका प्रयोगशालालाई कालोबजारी गरेको आरोपमा प्रयोगशाला बन्द गराउने गरी कारवाही गर्न गृह मन्त्रालय र बाणिज्य विभागमा लेखि पठाउने निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

 

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech