बाँकेमा आज थप २६ जनामा कोरोना संक्रमण देखियो

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

नेपालगन्ज १४, असोज ।
बाँकेमा बुधवार थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा १२ जना र बागेश्वरी प्रयोगशालामा ४ जना गरी २६ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो।

यो सहित बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ९ सय १३ पुगेको छ । बुधवारसम्म १ हजार ५ सय ४१ जना कोरोना जितेर घर फर्केका छन । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा ३ सय ५६ जना संक्रमित उपचारमा रहेका छन् । बाँकेमा बुधवारसम्म १६ जनाको मृत्यु भएको छ ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech