बाँकेमा आज ३४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

नेपालगन्ज १४, असोज ।

बाँकेमा बुधवार ३४ जना कोरोना संक्रमित निको भएर डिस्र्चाज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरबाट १७ महिला र १७ पुरुष डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अव जिल्लाका विभिन्न आइसोलेसनमा अन्य जिल्लाका ९ जनासमेत गरी ३ सय ४० जना बसिरहेका छन् ।आज डिस्चार्ज हुनेहरुमा स्वास्थ्यकर्मी, कैदीबन्दी लगायतका छन् ।

उनीहरु भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएका थिए । बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या १ हजार ५ सय ४१ पुगेको छ । कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ ।

चार महिला र एघार पुरुष गरी १५ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech