आज थप ४४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७७, मंगलवार

नेपालगन्ज १३, असोज ।
बाँकेमा मंगलवार थप ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । १५ महिला र २९ जना पुरुष डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७ पुगेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न आइसोलेसनमा बाहिरी जिल्लाका ८ गरी ३ सय ४८ जना रहेका छन् । बाँकेमा १ हजार ८ सय ६० जनामा कोरोना पुष्टि हुँदा १५ जनाको मृत्युु भइसकेको छ ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech