पछिल्लो २४ घण्टामा १३५१ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

काठमाडौं १२, असोज ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप एक हजार ३५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५१ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ३१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech