जाजरकोटकी कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

तस्विरः फाइल

नेपालगन्ज १२, असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । भाइरस संक्रमणबाट जाजरकोट जुनीचाँदी गाउँपालिका-५ गर्खाकोटका ७६ बर्षिया महिलाको सोमवार सवा दुई बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि गत सोमवार ती महिला अस्पताल भर्ना भइकी थिइन् । उनको त्यसैदिन कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । र, त्यसको भोलिपल्ट मंगलवार रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी कोहलपुरमै होमआइसोलेसनमा बसेकी थिइन् ।

सोमवार भाइरसको संक्रमणले चाप्दै गएपछि उनलाई होमआइसोलेसनबाट अस्पतालको कोभिड आइसोलेसन वार्डमा लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले भनेको छ- ‘कोभिड आइसोलन वार्डमा लैजाने क्रममा ती महिलालाई अकस्मात Cardio pulmonary Arrest भएर मृत्युभयो ।’

संक्रमित महिलामा पित्त थैलीको समस्या समेत रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

 

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech